समाज


चारसय वर्षपछि नजिक भए वृहस्पति र शनि

चारसय वर्षपछि नजिक भए वृहस्पति र शनि

नेपालखबर
पुस ७, २०७७ मंगलबार ४:१६,

सोमबार साँझ बृहस्पति र शनि ग्रह आपसमा नजिक भएका छन्।

भौतिक रुपमा नजिक भएका यी दुई ग्रहको दूरी ०.१ डिग्री रहेको वैज्ञानिकहरुले बताएका छन्। ०.१ डिग्री निकट भएपनि यी दुई ग्रहबीचको दूरी करोडौ किलोमिटर हुने वैज्ञानिकहरुको भनाई छ।

सोमबार साँझ चारसय वर्षपछि यी दुई ग्रह नांगो आँखाले देख्न सकिनेगरी नजिक भएका हुन्। वैज्ञानिकहरूका अनुसार यो खगोलिय घटना सन् १६२३ जुलाई १७ पछि पहिलोपटक भएको हो।

अब यस्तो दृश्य सन् २०८० को मार्च १५ मा मात्र देख्न सकिने वैज्ञानिकहरुले बताएका छन्। सौरमण्डलका दुई ठूला ग्रह नजिक आउनु दुर्लभ घटना भने नभएको अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ।

बृहरस्पति हरेक २० वर्षमा आफ्नो छिमेकी ग्रह शनिको नजिक भएर जाने गर्छ। तर यति नजिक आउनुचाँहि दुर्लभ घटना भएको वैज्ञानिकहरु बताउँछन्।

वृहस्पति र शनि नजिक भएको सबैभन्दा राम्रो दृश्य सोमबार राति ब्रिटेनको उत्तरी हिस्साबाट देखिएको बताइएको छ।

खगोलविद्हरुका अनुसार वृहस्पति र शनि ग्रहबीचको यस्तो प्रक्रिया हरेक २० वर्षको अन्तरालमा हुन्छ। तर, रातिको समयमा नजिक भएर अवलोकन गर्न सकिने अवस्था भने सयौँ वर्षपछि आएको हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad