राजनीति


राष्ट्रपतिको भूमिकाले कोतपर्वको सम्झना गरायो : राणा

राष्ट्रपतिको भूमिकाले कोतपर्वको सम्झना गरायो : राणा

नेपालखबर
पुस ६, २०७७ सोमबार ११:१३,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिसमशेर राणाले नेपालको संविधान राजनीतिक दाउपेचको शिकार भएको बताएका छन्।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै अध्यक्ष रााणाले राजनीतिक दाउपेचका कारण संविधान विपरितका कामहरु भएको बताए। उनले राष्ट्रपतिको निर्वाह गरेको भूमिकाले कोत पर्वको सम्झना गराएको समेत बताए।

अध्यक्ष राणाले प्रधानमन्त्री ओलीले गैर संवैधानिक कदम अगाडि बढाएर जनताले दिएको बहुमतको धज्जी उडाएको पनि बताए।

उनले भने, ‘गैर संवैधानिक, संविधानको कुनै दफाको प्रयोग नगरी, संविधान विपरित संसदको मर्म र भावना विपरित, जनताबाट प्राप्त बहुमतको धज्जी उडाएर संसद विघटनको प्रस्ताव गर्नुभयो’

राप्रपाले यसअघि नै पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने निर्णय गरेको छ। राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्ने भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभाको विघटन गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा सम्पन्न हुनेगरी निर्वाचनको मिति घोषणा गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले सो घोषणा गरेकी हुन्। उक्त कदमको चौतर्फी विरोध भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad