ad ad

समाज


कोरोना भाइरसबाट विश्वभरी १६ लाख ८० हजारको मृत्यु

कोरोना भाइरसबाट विश्वभरी १६ लाख ८० हजारको मृत्यु

नेपालखबर
पुस ५, २०७७ आइतबार ८:२२,

कोरोना भाइरसको कारण विश्वमा सब भन्दा बढी प्रभावित राष्ट्रको रुपमा अमेरिका रहेको छ।

अमेरिकामा गत जनवरीबाट शुरु भएको यस कोरोना भाइरसको कारण ३ लाख १४ हजार ३०५ व्यक्तिको मृत्यु भईसकेको छ।

अमेरिकापछि ब्राजिलमा १ लाख ८५ हजार ६५० जनाको मृत्यु भएको छ। त्यसैगरी भारतमा १ लाख ४५ हजार १३६ जनाको मृत्यु भएको छ।

मेक्सिकोमा कोरोनाबाट १ लाख १७ हजार २४९ व्यक्तिको मृत्यु भएको छ। इटालीमा कोरोना भाइरसबाट ६८ हजार ४४७ जनाको मृत्यु भएको छ।

गत सात दिनभित्र कोरोना भाइरसको कारण अमेरिकामा १८ हजार ३४५ जनाको मृत्यु भएको छ। ब्राजिलमा ५ हजार २१३ जनाको मृत्यु भएको छ।

इटालीमा ४ हजार ५०७ जनाको मृत्यु भएको छ। मेक्सिकोमा ४ हजार २३० जनाको मृत्यु भएको छ भने जर्मनीमा ३ हजार ९६८ जनाको मृत्यु भएको एएफपी समाचार समितिले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .