अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले कोरोनाविरुद्धको खोप लगाएका छन्।
खोप लिने उनी हालसम्मकै उच्च सरकारी अधिकारी हुन्।
स्थानीय समयानुसार शुक्रबार उनले खोप लगाएका हुन्। जुन टेलिभिजनमै लाइभ देखाइएको थियो।
बीबीसीका अनुसार पेन्सकी पत्नी करेन पेन्स र सर्जन जनरल जेरोम आदम्सले पनि खोप लगाएका छन्।
फाइजर र बायोएनटेकले बनाएको खाेप अमेरिकाको खाद्य तथा औषधि प्रशासन एफडीएले अनुमति दिएपछि त्यहाँ सोमबार खाेप लगाउन सुरु गरिएको हो।
अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले कोरोनाविरुद्धको खोप लगाउँदै गरेको भिडियो
3
Shares
प्रतिक्रिया