समाज


प्रयोग भएको दश मिनेटमै फाइजरको खोपले अमेरिकामा देखायो गम्भीर असर

प्रयोग भएको दश मिनेटमै फाइजरको खोपले अमेरिकामा देखायो गम्भीर असर

नेपालखबर
पुस २, २०७७ बिहिबार १०:४०,

अमेरिकामा सोमबारदेखि फाइजर र बायोएनटेकले निर्माण गरेको खोप प्रयोग गर्न थालिएको छ। यस खोप ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ।

त्यस्तै मंगलबार नै अमेरिकाले ९४ प्रतिशत प्रभावकारी भएको मोडर्नाको खोप प्रयोगका लागि पनि स्वीकृति दिएको छ।

खोपहरु प्रभावकारी भएको बताइए पनि केही मानिसमा भने खोपले गम्भीर असर गरेको देखिएको छ।

बेलायतमा एलर्जीका समस्या भएका मानिसमा फाइजरको खोप प्रयोग गर्न नहुने बताइएको छ। यसबीचमा अमेरिकामा एलर्जीको समस्या नभएकै महिलामा फाइजरको खोपले गम्भीर असर पुर्याएको छ।

अलास्का शहरमा काम गर्ने दुई स्वास्थ्यकर्मीमा फाइजरको खोपले नकारात्मक असर गरेको न्युयोर्क टाइम्सले जनाएको छ।

न्युयोर्क टाइम्सका अनुसार खोप लगाएको दश मिनटेमै एक स्वास्थ्यकर्मी महिलामा गम्भीर असर देखा परेको थियो। उनमा गम्भीर एलर्जी निम्तिएको थियो।

फाइजरले एनाफिलेक्सिसको समस्या भएकाले खोप प्रयोग गर्न नहुने जानकारी दिँदै आएको छ। यद्यपी अमेरिकामा दुई स्वास्थ्यकर्मीमा कुनै समस्था थिएन।

बार्टलेट रिजिनल हस्पिटलमा मंलबार खोप लगाइएकी एक स्वास्थ्यकर्मीमा अनुहारमा रातो दाना आउने, सास फेर्न गाह्रो हुने र मुटुको धड्कन बढ्ने समस्या देखिएको थियो।

आइसीयूमा उपचार गरिएपछि उनको अवस्था यतिबेला सामान्य भएको बताइएको छ।

यस्तै अर्का स्वास्थ्यकर्मीमा पनि यस्तै समस्या देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad