नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारी अनुसार देशभरमा थप ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप ९४७ जना कोरोना संक्रमित निको भएको छन््। योसँगै निको हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ७४९ पुगेको मन्त्रालयले जनाएको छ।
96
Shares

प्रतिक्रिया