समाज


पुसभित्र तीन लाखको ‘एन्टिजेन’ परीक्षण गरिने

पुसभित्र तीन लाखको ‘एन्टिजेन’ परीक्षण गरिने

नेपालखबर
पुस २, २०७७ बिहिबार १०:६,

सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ। समुदायस्तरमा संक्रमण फैलिएको छ वा छैन भनेर पत्ता लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन परीक्षण गर्ने भएको हो।

मन्त्रालयका कोभिड–१९ स्रोत व्यक्ति (फोकल पर्सन) महेन्द्रप्रसाद श्रेष्ठले परीक्षणका लागि देशभरि नै कर्मचारी खटाइएको जानकारी दिए। उनका अनुसार आगामी आइतबारदेखि देशैभरि एन्टिजेन परीक्षण शुरु गरिने छ। उनले २०० भन्दा बढी सक्रिय संक्रमित भएका ठाउँमा उक्त परीक्षण गरिने बताए।

‘२०० भन्दा बढी सक्रिय संक्रमित, हटस्पट, ठूला शहर, घना बस्ती र संक्रमणको शंकास्पद व्यक्तिमा परीक्षण गरिनेछ’, उनले भने, ‘परीक्षणबाट समुदायस्तरमा सङ्क्रमण कति फैलिएको छ भन्ने थाहा हुनेछ।’

यसअघि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायस्तरमा संक्रमण फैलिएको अवस्था पत्ता लगाउन ‘सेरो सर्भेलेन्स’ गरेको थियो। जसमा १३.९ प्रतिशत मात्र समुदायका मानिसलाई संक्रमण देखिएको थियो। ठूलो संख्यामा गरिने एन्टिजेन परीक्षणबाट १५ मिनेटमा नै संक्रमण भए/नभएको पत्ता लाग्ने छ।

एन्टिजेन परीक्षणका लागि प्रयोगशालाको आवश्यकता पर्दैन । यस विधिबाट परीक्षण गर्दा स्वाबलाई परीक्षण कीटमा राखेर केही क्षणमै नतिजा थाहा पाउन सकिन्छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौँ उपत्यकामा एन्टिजेन परीक्षण गर्दा आठ प्रतिशत मानिसमा संक्रमण देखिएको जानकारी दिए।

अहिलेसम्म पिसीआर विधिबाट १८ लाख ४९ हजार १३६ को कोभिड–१९ परीक्षण गरिएको छ। प्रति दश लाखमा ६३ हजार ३६८ जनामा परीक्षण गरिएको छ। त्यसमध्ये दुई लाख ५० हजार ९१६ संक्रमित, नौ हजार ७५७ जना सक्रिय संक्रमित, दुई लाख ३९ हजार ४१६ जना निको र एक हजार ७४३ जना संक्रमणबाट निको भएका छन्। अहिले सरकारी ४५ र निजी ३५ प्रयोगशालाबाट दैनिक करिब सात हजारका दरले पीसीआर परीक्षण भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad