ad ad

समाज


त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलनमा

त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलनमा

नेपालखबर
पुस २, २०७७ बिहिबार ८:३९,

समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन्।

वर्षौदेखि काम गरिरहेका आंशिक प्राध्यापकहरुको वौद्धिक शोषण भएको भन्दै प्राध्यापकहरु आन्दोलित भएका हुन्।

एक शैक्षिक सत्र पूरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई करार गर्नुपर्ने उनीहरुको माग छ। आंशिक प्राध्यापक संघका संरक्षक शशिकुमार शर्माले १५ वर्षबाट आन्दोलन जारी रहेको उल्लेख गर्दै सम्झौताहरु भए पनि कार्यान्वयन नभएको बताए। आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ।

संघका प्रवक्ता मोहन घिमिरेले देशभरिका क्याम्पसका प्राध्यापकहरुसँग सम्झौता भए पनि कार्यान्वयन नगर्ने प्रवृति देखिएकाले धर्नामा बस्नु परेको बताए।

 वार्ता टोलीका सदस्य एवं संघका महासचिव राजेन्द्र गिरीले लामो समयदेखि प्राध्यापकहरु आन्दोलनरत भए पनि समस्या समाधानका लागि त्रिविले चासो नदिएको बताए। अहिले ९० प्रतिशत बढी कक्षाभार आंशिक शिक्षकहरुले लिनुपर्ने बाध्यता भएपनि काम अनुसारको पारिश्रमिक नभएको बताए।

प्राध्यापक संघले विश्वविद्यालयले ल्याएको निर्देशिका खारेज गर्नुपर्ने, प्राज्ञिक उन्नयनको ग्यारेन्टी गर्नुपर्ने लगायतका मागहरु पनि राखेको छ।

प्राध्यापकहरु बिहीबारबाट त्रिवि परिसरमा धर्नामा बसेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .