प्रहरीले चोरी भएका सामान लुकाउने कपुरधाराको एउटा घरमा छापा मारेर ठुलो परिमाणमा सामाग्री बरामद गरेको छ।
लुकाई छिपाई राखेको विभिन्न चोरीका सामान सहित काठमाडौं महानगरपालिका-२६ कपुरधारा डेरा गरी बस्ने पर्सा घर भएका ४६ वर्षीय मुन्ना प्रसाद श्रीवास्तवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
श्रीवास्तवको डेरा कोठामा चोरीका सामानहरु लुकाई छिपाई राखेको भन्ने सुचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनको कोठा खानतलासी गर्दा विभिन्न कम्पनिका मोबाइल ३१ थान, क्यामरा १ थान, विभिन्न कम्पनिको टिभि १० थान, ल्यापटप २ थान, हथौडा २ थान र छिनो १ थान फेला पारेको हो।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
3
Shares
प्रतिक्रिया