ad ad

समाज


बोको हरामले भन्यो : ३ सय ३३ विद्यार्थीको अपहरण हामीले गरेका हौं

बोको हरामले भन्यो : ३ सय ३३ विद्यार्थीको अपहरण हामीले गरेका हौं

नेपालखबर
पुस १, २०७७ बुधबार ९:२९,

नाइजेरियाको लागोसमा शुक्रबार राति र आइतबार गरी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी त्यहाँका तीन सयभन्दा बढी विद्यार्थी अपहरण गरेका थिए।

उक्त अपहरणको घटनाको जिम्मा त्यहाँको आतंककारी समूह बोको हरामले लिएको छ।

त्यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधारीहरुले गरेको सो हमलामा परी ३ सय ३३ जना बालबालिका हराएका थिए। ती बालबालिकालाई तिनै आक्रमणकारीहरुले अपहरण गरी लगेको अनुमान गरिएको थियो।

बोको हराम नामक त्यहाँको आतंककारी संगठनले बुधबार ती बालबालिका आफूहरुले अपहरण गरी लगेको र अहिले पनि उनीहरु आफूसँगै रहेका बताएको छ।

नाइजेरियाको उत्तर पश्चिमी राज्य कातसिनाको एक प्राथमिक विद्यालयमा गएको शुक्रबार राति र आइतबार सो हमला भएको हो। त्यस हमलामा परेर ३ सय ३३ जना विद्यार्थी अपहरित भएका थिए।

बोकोहरामले पश्चिमी शिक्षा मुस्लिम धर्मविरुद्ध भएको र त्यस्ताे शिक्षालाई नाइजेरियामा निषेध गरिनुपर्ने भन्दै विद्यार्थीहरु अपहरण गरेको बताएको छ।

हाल अपहरणकारीहरु सरकारी खोजकर्ताहरुको सम्पर्कमा आएका छन् र उनीहरुसँग बालबालिकालाई मुक्त गर्ने विषयमा कुराकानी भइरहेको छ।

नाइजेरियाको बोको हराम आतंककारी समूहले विद्यालयबाट विद्यार्थीहरुलाई अपहरण गरेर लैजाने र आफ्नो सैन्य समूहमा भर्ती गर्ने गर्दछन्।

तर यसपटक भने उनीहरुले पश्चिमा शिक्षालाई निषेध गरिनुपर्ने माग गरेका छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .