पाकिस्तानमा बलात्कारविरुद्ध कडा कानुन ल्याइएको छ।
जसअन्तर्गत बलात्कारीलाई रासायनिकय सजायको प्रावधान ल्याइएको हो, जसको प्रयोगबाट ऊ नपुंसक पनि हुन सक्छ।
मंगलबार त्यहाँका राष्ट्रपतिले बलात्कारसम्बन्धी नयाँ कानुनमा हस्ताक्षर गरेका हुन्।
बीबीसीका अनुसार पाकिस्तानकाे लाहोर सहरबाहिर एक महिलालाई सामूहिक बलात्कारपछि मुलुकमा यौन अपराधविरूद्ध वातावरण सिर्जना भएकाले बलात्कारीविरुद्ध नयाँ कडा कानुन ल्याइएको हो।

प्रतिक्रिया