ad ad

समाज


दक्षिण कोरियामा कोरोना मृत्यु दरभन्दा बढी महिला आत्महत्या, त्यहाँ किन आत्महत्या भइरहेछ?

दक्षिण कोरियामा कोरोना मृत्यु दरभन्दा बढी महिला आत्महत्या, त्यहाँ किन आत्महत्या भइरहेछ?

नेपालखबर
मंसिर २८, २०७७ आइतबार ८:५९,

कोरोना प्रकोप सुरु भएको एक वर्षको अवधिमा कोरियाका ५८० नागरिकको मृत्यु भएको छ।

समग्रमा हेर्दा दक्षिण कोरिया कोरोना नियन्त्रण गर्न र कोरोनाबाट हुने मृत्युलाई रोक्न सफल भएको देखिएको छ।

विश्वले कोरोना नियन्त्रण गर्न दक्षिण कोरियाली मोडेल पालना गर्नुपर्छ भन्दै सोही पद्धति अपनाए पनि, तर कोरोना कहरबीच यहाँ कोरोनाको मृत्यु दरभन्दा बढी महिला आत्महत्याको दर बढी देखिएको छ।

गएको एक वर्षको तथ्यांकलाई मध्यनजर गर्दा कोरोनाले कोरियामा ५८० को ज्यान लियो। तर सो अवधिभन्दा कम अर्थात् यस वर्षको सुरुवाती ६ महिनामा कोरियामा १९ सय २४ महिलाले आत्महत्या गरे।

नेसनल पुलिस एजेन्सीका अनुसार कोरियामा महिला आत्महत्याको दर तीव्र गतिमा बढीरहेको छ। गतवर्षको भन्दा यसवर्ष कोरियामा ७ प्रतिशतले महिला आत्महत्याको दर बढी देखिएको छ।

तथ्यांकलाई विश्लेषण गर्दै कोरियाले २० देखि ३० वर्षसम्मका महिलाहरु आत्महत्याको जोखिममा रहेको बताएको छ।

आखिर किन महिलाहरु आत्महत्या गरिरहेछन्? महिलाले आत्महत्या गर्नुमा धेरै कारणहरु दोषी रहेको यहाँका समाजशास्त्रीहरु बताउँछन्।

कोरोना प्रकोपका कारण पनि यसवर्ष महिला आत्महत्या बढेको बताइएको छ। ३१ वर्षकी जिन–आ होटलमा कुकको काम गर्थिन्।

कोरोनाका कारण उनले जागिर छाड्न बाध्य भइन्। जागिर छाडेपछि पुरुषबाट हुने दुर्व्यवहार कम हुने उनको अनुमान थियो। तर जागिर छाड्नाले आर्थिक अभाव झेल्नु परेपछि उनले आत्महत्याको सोच नै बनाएको बताउँछिन्।

आफूले मनोविज्ञान सम्बन्धी अध्ययन थालेकाले आत्महत्याको भावना टरेर गएको उनी सुनाउँछिन्।

‘कोरियामा महिलाहरुलाई उनीहरुको कामले नभएर रुपले मूल्यांकन गरिन्छ’ जिन–आ भन्छिन्,‘जागिरमा पुरुषलाई महिलाभन्दा बढी प्राथमिकता दिइन्छ, जसले हामीमा निराशापन छाउँछ।’

Women more frequently diagnosed with depression, anxiety than men: Research

महिलामाथि हुने दुर्व्यवहार र भेदभावका कारण आफू डिप्रेसनमै पुगेको उनको भनाइ छ।

कोरोना प्रकोपबीच कयौं के–पपमा आवद्ध चर्चित महिला सेलिब्रिटीले पनि आत्महत्या गरेका थिए।

के–पपमा आवद्ध महिलाहरु शारीरिक रुपमा राम्री हुनुपर्ने, उनीहरुले राम्रो प्रस्तुति दिनुपर्ने र यी दायरामा उनीहरु योग्न नभए मानिसहरुले उनीहरुको आलोचना गर्ने जसका कारण उनीहरु मानसिक तनावमा जाने एक अध्ययनमा जनाइएको थियो।

‘कोरियाली महिलामा डिप्रेसन र आत्महत्याको भावना खतरा तहमा छ’ कोरिया रिसर्च इन्स्टिट्युट फर भोकेस्नल एजुकेसन एन्ड ट्रेनिङका एक अनुसन्धानकर्ता नाम जे–वुक भन्छन्,‘यस विषयमा सरकारले तत्काल पहल कदमी चाल्नुपर्छ।’

सरकारले आत्महत्याको घटनालाई रोक्न गतवर्ष नै आत्महत्या रोकथाम नीति बनाएको छ। त्यहाँ शिक्षा, स्वास्थ्य र लैंगिक विषयमा विज्ञहरु समावेश छन्।

कोरोना कहरबीच महिला आत्महत्या बढ्नुमा विज्ञहरु भन्छन्,‘जवान महिलाहरु विशेषगरी पार्ट टाइम काम गर्छन्। कोरोनाका कारण उनीहरुले जागिर गुमाए। यसरी उनीहरु आत्महत्याको निष्कर्षमा पुगेका हुन सक्छन्।’

तर कोरियाको समस्या यतिमात्र होइन। गतवर्ष कोरियामा १३ हजार ७९९ जनाले आत्महत्या गरे, जसमध्ये महिलाहरु बढी थिए।

कोरियन वुमन्स डेभलोपमेन्ट इन्स्टिट्युटका अनुसन्धानकर्ता किम योङ–टेकका अनुसार कोरियामा महिला आत्महत्या हुनुको सबैभन्दा ठूलो कारण आर्थिक समस्या हो।

‘पुरुषको तुलनामा महिलासँग कम स्रोतसाधन र पैसा हुन्छ’ उनी भन्छन्,‘यहाँ महिलालाई कम गुणस्तरीय काम गर्न दिइन्छ साथै महिलालाई पुरुषको तुलनामा कम समय काम गर्न दिइन्छ।’

२४ वर्षकी मुन हा–इयुनले आफू समाजबाट बहिष्कारमा परेको सोच राख्छिन्।

‘जब मैले काम थाले मलाई महसुस भयो म पुरुष भएर जन्मिनु पर्ने रैछ’ उनी भन्छिन्,‘काममा मालिकले मलाई शरीरको वजन कम गर्न र कार्यालय आउँदा मेकअप गरेर राम्री भएर आउन भन्थे।’

महिला र पुरुषबीच आर्थिक रुपमा समानता ल्याउन सके साथै महिलामाथिको पितृसतात्मक सोचमा बलदाव ल्याउन सकिए मात्र कोरियामा महिला आत्महत्या दर घट्ने विश्लेषकहरु बताउँछन्। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .