ad ad

समाज


सप्तकोसीमा खसेको बसमा थिए १७ यात्रु, सबैको उद्धार, चालक नियन्त्रणमा

सप्तकोसीमा खसेको बसमा थिए १७ यात्रु, सबैको उद्धार, चालक नियन्त्रणमा

नेपालखबर
असोज १०, २०८१ बिहिबार १९:५७, काठमाडौँ

कोसी ब्यारेजबाट सप्तकोसीमा खसेको यात्रुवाहक बसमा सवार सबै यात्रुको उद्धार गरिएको छ। ब्यारेजको ३५ नम्बरको ढोकादेखि दक्षिणतर्फ रहेको वाल भत्काएर नदीमा खसेको बा १ ख ४६०१ नम्बरको नरसिंह डिलक्सको बसमा सवार सबै यात्रुको उद्धार भएको सप्तरीका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए। 

उनका अनुसार, बसका चालक, सहचालक र यात्रुहरूसहित १७ जना सवार थिए। 

घाइते १७ जनामध्ये १२ जनाको कोसी हेल्थ केयर अस्पताल, सुनसरी, ४ जनाको भारदह अस्पतालमा उपचार भइरहेको उनले बताए।

चालक भने इलाका प्रहरी कार्यालय, भारदहको नियन्त्रणमा छन्। सिरहाको लहान नगरपालिका–८ बस्ने ३५ वर्षीय चन्दन कुमार मेहताले बस चलाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .