ad ad

ग्लोबल


बेंगलुरु घटना: महालक्ष्मीको हत्या आरोप लागेका युवक मृत भेटिए, छेउमा सुसाइड नोट

बेंगलुरु घटना: महालक्ष्मीको हत्या आरोप लागेका युवक मृत भेटिए, छेउमा सुसाइड नोट

फाइल तस्बिर : महालक्ष्मी


नेपालखबर
असोज १०, २०८१ बिहिबार १४:५८, काठमाडौँ

भारतको बेंगलुरुमा नेपाली पुरुषकी पत्नी भनिएकी महालक्ष्मीको हत्या घटनाले नयाँ मोड लिएको छ। 

भारतीय अनलाइन अमरउजालाका अनुसार हत्यामा संलग्न रहेको आशंकामा प्रहरीको निगरानीमा रहेका ३१ वर्षीय मुक्तिरञ्जन प्रताप रे बुधबार ओडिशामा आत्महत्या गरेको अवस्थामा फेला परेका हुन्। 

ओडिशाको भद्रक जिल्लाका एसपी वरुण गुन्टुपल्लीका अनुसार जिल्लाको धुसुरी थाना क्षेत्रमा मुक्तिरञ्जन मृत फेला परेका हुन्। घटनास्थलनजिकै सुसाइड नोट पनि भेटिएको प्रहरीले जनाएको छ। त्यसमा उनले महालक्ष्मीको हत्या आफैँले गरेको स्वीकार गरेका छन्।

महालक्ष्मी हत्याको अनुसन्धान गर्न बेंगलुरु प्रहरीको टोली त्यहाँ पुगेको र पक्राउ पर्नुअघि नै प्रतापले झुन्डिएर आत्महत्या गरेको बताइएको छ।

घटनास्थलमा सुसाइड नोटका साथै एउटा झोला, नोटबुक र स्कुटर पनि फेला परेको बेंगलुरु प्रहरीले जनाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बेंगलुरुको व्याली कवल क्षेत्रमा पर्ने ६ क्रस पाइप लाइन रोडस्थित तीनतले भवनभित्र यही सेप्टेम्बर २० का दिन मृत (शव टुक्राटुक्रा अवस्थामा) भेटिएकी २९ वर्षीया महालक्ष्मीका श्रीमान् नेपाली नागरिक हेमन्त दास हुन्। 

तर उनी सन् २०२३ यता पति छाडेर अलग्गै बस्ने गरेकी थिइन्। उनीहरूकी एउटा छोरी पनि छिन्। उनी बुवा हेमन्तसँग बस्छिन्।महालक्ष्मी ५ महिनादेखि व्यालिकवाल क्षेत्रमा भाडाको घरमा एक्लै बस्थिन् भने उनका पति हेमन्त भारतमै तर अर्कै सहरमा बस्छन्। 

अभियुक्तकी आमाको यस्तो दाबी 
यसैबीच मृतक मुक्तिजन प्रताप रेकी आमा आमाले ती महिलालाई आफ्ना छोरालाई बिहे गर्न दबाब दिएको तथा पैसा मागेका कारण त्यस्तो घटना हुन पुगेको दाबी गरेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .