ad ad

समाज


भारी वर्षाको खतरा देखाउँदै प्राधिकरणले भन्यो– भोलि र पर्सि रात्रिबस नचलाउनू, धान नकाट्नू

भारी वर्षाको खतरा देखाउँदै प्राधिकरणले भन्यो– भोलि र पर्सि रात्रिबस नचलाउनू, धान नकाट्नू

नेपालखबर
असोज १०, २०८१ बिहिबार १८:२८, काठमाडौँ

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि (असोज ११ र १२) रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ। 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने जानकारी गराएसँगै प्राधिकरणले हिमाली र पहाडी जिल्लाहरूमा रात्रिकालीन बस नचलाउने निर्णय गरेको हो। 

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको निर्णयअनुसार अन्त्यन्त जरुरी अवस्थामा रहेका बाहेक अन्य यात्रा नगर्ने लगायतका निर्णय गरेको प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए। 

त्यस्तै, धान तत्काल नकाट्न र काटिसकेको भए थन्काउन पनि आग्रह गरिएको छ।

यस्तो छ प्राधिकरणले जारी गरेको विज्ञप्तिः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .