ad ad

समाज


चितवनमा बोलेरो दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु, १९ घाइते

चितवनमा बोलेरो दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु, १९ घाइते

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार ६:३४,

चितवनमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै भएको छ भने १९ जना घाइते भएका छन्।

शुक्रबार बिहान ईच्छाकामना गाउँपालिका ६ जलबिरेस्थित भित्री सडकखण्डमा चण्डिभञ्जाङबाट राजमार्गतर्फ आइरहेको ना ४ च ५०५० नं को बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा ईच्छाकामना गाउँपालिका ६ का बोलेरोे चालक ३० वर्षीय निर्मल गुरुङ र सोही ठाउँकी ५० वर्षीया खिमाकुमारी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

घाइतेहरुको चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज र पुरोनो मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए।

डीएसपी थापाका अनुसार ओभरलोडका कारण बोलेरो अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्कन पुगेको र त्यसपछि करेन्ट सर्ट भएको थियो।

‘गाउँबाट झरेको गाडी, यात्रुको संख्या र सामान हेर्दा ओभरलोड भएको अनुमान गर्न सकिन्छ’, नेपालखबरसँग कुरा गर्दै डीएसपी थापाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .