ad ad

समाज


राजादेखि विप्लवसम्म अट्ने व्यवस्था आवश्यक छ : कमल थापा

राजादेखि विप्लवसम्म अट्ने व्यवस्था आवश्यक छ : कमल थापा

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार ११:१६,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कसैलाई पनि निषेध नहुने गरि राजादेखि विप्लव समूहसम्म अट्ने राज्य व्यवस्था आवश्यक भएको बताएका छन्।

बिहीबार हेटौंडामा पार्टीको चुनाव चिन्ह ‘हलो’ तथा झण्डा अनावरण गर्दै थापाले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको निमित्त सर्वपक्षीय सम्मेलन हुनुपर्ने माग गरे।

उनले नेपाली जनताको अभिमतबाट, राजनीतिक दलहरुको सहयोग र सहमतिमा यो काम सम्पन्न हुनुपर्ने स्पष्ट पार्दै विदेशी बल र सेनाबाट राजसंस्था स्थापित नहुने बताए।

नेपाली जनता, राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीहरुको सहयोग र सहमतिमा राजसंस्था स्थापित गर्न थापाले जोड दिए। गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएको चर्चा गर्दै जनताले बिस्तारै यो गम्भीर विषय बुझ्दै गएको थापाले बताए।

राजसंस्था र हिन्दू राष्ट्रको माग राखी देशब्यापी जनप्रदर्शन भएकोमा थापाले खुसी प्रकट गरेका छन्। राप्रपाले उठाएको एजेन्डाप्रति जनसमर्थन देखिनु सकारात्मक भएको भन्दै उनले प्रदर्शन परिचालित नभएको दाबी गरे।

मुलुकमा विकृति बिसंगती, भ्रष्टाचार, बेरोजगारी व्यापक भएको भन्दै संवैधानिक अंग, न्यायालय, प्रहरी प्रशासनमा देखिएको सेटिङ, प्रभाव रहस्तक्षेपप्रति तीव्र आलोचना गरे।

राप्रपालाई मुलुकको बैकल्पिक शक्ति बनाउन जनताको सहयोग आवश्यक भएको भन्दै संगठन सुदृढीकरणमा लाग्न थापाले कार्यकर्तालाई निर्देशन दिए।

परिवर्तनपछि राजा ज्ञानेन्द्रको सालिन र मर्यादित भूमिका र व्यबहारको पनि थापाले खुलेर प्रसंशा गरे। कार्यक्रममा बोल्दै राप्रपा केन्द्रीय सदस्य मधु अधिकारिले मुलुकमा ब्याप्त विकृति र बिसंगतिका कारण विद्रोहको अवस्था सिर्जना भएको बताए।

राप्रपाका युवा नेता राजाराम बर्तौलाले राप्रपा र पार्टी नेतृत्वका कारण एजेन्डाको जग खडा भएको भन्दै राप्रपाकै नेतृत्वमा अब आन्दोलनको आँधीबेहरी ल्याउनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेताहरु विजय खड्का, नवराज बिष्ट, बालकृष्ण कार्की, रामहरि न्यौपाने ,खिल चौलागाईं , ज्ञानेन्द्र ढुंगेल, गुरुप्रसाद सापकोटा र इन्दिरा पाठक लगायतले बोलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .