समाज


नर्सको अगाडि गम्भीर घाइते भएका कार चालक बाँच्न सफल

नर्सको अगाडि गम्भीर घाइते भएका कार चालक बाँच्न सफल

नेपालखबर
साउन १५, २०७६ बुधबार ११:५३,

अमेरिकाको फ्लोरिडा राज्यमा गत बिहीबार एक कार चालक दुर्घटनामा पर्छन्।

उनी गम्भीर घाइते हुन्छन्। तर भाग्यवश समयमै नर्स दुर्घटनास्थलमा पुग्दा ती कार चालकको ज्यान जोगिन्छ।

कारमेन रोमान नर्स हुन्। बिहीबार आफ्नो काम सकेर उनी घर आइपुगेकी हुन्छिन्। अर्थात् उनी ड्युटीमा हुन्नन्।

एक कार रोमानको घरमा आएर ठोक्किन्छ। कार दुर्घटनामा परेको आवाज सुनेपछि रोमान बाहिर निस्कन्छिन्। त्यहाँ पुग्दा ती व्यक्ति रक्ताम्य बेहोस भइसकेका हुन्छन्।

सायद त्यहाँ अन्य कोही व्यक्ति भए घटनास्थलमै सहयोग गर्न सक्दैन थिए होला। तर रोमान नर्स हुन्छिन्। उनले आफुले सिकेका चिकित्सकीय पद्धती अपनाउँछिन्।

फक्स न्युजसँगठ रोमानले भनिन्,‘मैले उनलाई ३० पटक कम्प्रेसन दिए।’ स्वास प्रस्वासमा समस्या देखेपछि रोमानले ती कार चालकको सास ल्याउन छातीमा हातले थिचेको बताइन्।

त्यसको केहीबेरमा कार चालकले सास फेरेका थिए। यस घटनाको भिडियोसमेत सार्वजनिक भएको छ। नर्स रोमानको यतिबेला फ्लोरिडामा चर्चा सुरु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad