ad ad

समाज


कोरोनाले धेरैको मृत्यु भएपछि मर्केलले हात जोडेरै नियम पालना गर्न अनुरोध गरिन्

कोरोनाले धेरैको मृत्यु भएपछि मर्केलले हात जोडेरै नियम पालना गर्न अनुरोध गरिन्

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार ८:५,

बुधबार एकैदिनमा ५९० जनाको मृत्यु भएपछि त्यहाँकी चान्सलर एन्जेला मर्केलले देशमा कोरोनाविरुद्धको नियमलाई पुनः कडा पार्ने पक्षमा सरकार भएको बताइन्।

सो क्रममा उनले हात जोडेरै आफ्ना नागरिकलाई कोरोनाविरुद्धको नियम पालना गर्न आग्रह गरिन्।

मर्केलले वाचा अनुसार कोरोना नियन्त्रण गर्न नसकेको भन्दै माफी समेत मागेकी छिन्।

हाल जर्मनीमा दैनिक २० हजारको संख्यामा संक्रमितहरु थपिँदै गएका छन्। हालसम्म त्यहाँ १२ लाख ४२ हजारमा कोरोना पुष्टि भइसकेको छ भने कोरानाका कारण २० हजारको मृत्यु भइसकेको छ।

मर्केलका अनुसार जर्मनीका नागरिकरुले बैज्ञानिको सुझावलाई गम्भीर रुपमा लिएर सोही अुनसार दिनचर्या चलाउनुपर्छ।

आगामी २४ डिसेम्बरदेखि जनवरी १० सम्म अर्थात् क्रिसमस अवधिभर जर्मनीले कडा लकडाउन गर्ने अपेक्षा गरिएको छ।

मर्केलका अनुसार विज्ञहरुले सो अवधिमा लकडाउन गर्न सुझाव दिएका छन्। जर्मनीमा क्रिसमस अगाडि नै विद्यालयहरु पनि बन्द गरिनेछन्।

उनी भन्छिन्,‘यदी क्रिसमस अगाडि मानिसहरुबीच धेरै सम्पर्क भयो भने हामीले हाम्रा हजुरबा र आमासँग अन्तिमपटक क्रिसमस मनाउँदैछौं।’ एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .