ad ad

खेल


नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति छिट्टै घोषणा गर्छौँ : खेलकुदमन्त्री

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति छिट्टै घोषणा गर्छौँ : खेलकुदमन्त्री

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार ८:४,

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अर्को मिति छिट्टै घोषणा गरिने बताएका छन्।

राष्ट्रिय खेलकुद परिषद्ले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले फागूनमा गर्ने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नसक्ने बताएका हुन्। कोरोनाको जोखिम कम हुँदै गएपछिको अवस्थामा अर्को मिति परिषद्को आगामी बैठकबाट तय गरिने उनले बताए।

मन्त्री विश्वकर्माले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लागि तयार गरिने पूर्वाधार विकासको कार्य कोभिडका कारण प्रभावित भएकाले त्यसको व्यवस्थापनको लागि पनि महत्वपूर्ण कामहरु गर्न बाँकी रहेको बताए।

छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले कोरोनाको जोखिमसँगै खेलकुद गतिविधि सञ्चालन गर्नुपर्ने भएकाले स्वास्थ्यको मापदण्डलाई धेरै ख्याल गर्नुपर्ने बताए।

एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले खेल संघहरुलाई सरकारले नियमित बजेट उपलब्ध गराउन आवश्यक रहेको बताए। यस्तै छलफलमा गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानका प्राविधिक निर्देशक स्वयंभूराज डंगोलले नेपाली दुतावास भएका देशका राजदूतले गैर आवासीय रुपमा विदेशमा बसेका नेपाली खेलाडीलाई प्रतियोगिताहरुमा सहभागी गराउन पहल गर्नुपर्ने बताए।

छलफलमा सहभागी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठले नवौं राष्ट्रिय प्रतियोगिताको मिति तोक्नुअघि वृहत छलफल गर्नु आवश्यक रहेको बताए।

यसअघि गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय भएको थियो। अहिले स्वास्थ्यको मापदण्डमा रहेर ओलम्पिकमा समावेस हुने खेलको प्रशिक्षण भइरहेको छ। साथै चितवनमा गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता हुन गइरहेको छ। अखिल नेपाल फुटबल संघले राष्ट्रिय टोलीलाई बंगलादेशमा फुटबल खेलाएर ल्याइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .