समाज


‘मिर्गौला बचाउ अभियान’ घोषणा गर्दै महानगरपालिका

‘मिर्गौला बचाउ अभियान’ घोषणा गर्दै महानगरपालिका

नेपालखबर
मंसिर २४, २०७७ बुधबार १५:३७,

काठमाडौं महानगरपालिकाले यस पटकको महानगर दिवसका अवसरमा ‘मिर्गौला बचाऊ अभियान’ घोषणा गर्ने भएको छ।

काठमाडौं महानगरपालिकाले आफ्नो २६ औँ वार्षिकोत्सवको अवसर पारेर ‘मिर्गौला बचाउ अभियान’ घोषणा गर्ने भएको हो। आज बसेको २६औँ महानगर दिवस मूल समारोह समितिको बैठकमा कामपाका प्रमुख विद्यासुन्दर शक्यले रोग लागेपछि मात्रै उपचारका लागि अस्पताल जाने नभई रोग नै लाग्न नदिने वातावरण सिर्जना गर्नका लागि महानगरपालिकाले दक्ष चिकित्सकको टोलीसहित टोलटोलमै पुगेर जनचेतनामूलक कार्यक्रम गर्नेलगायतको अभियान सञ्चालन गर्न लागेको जानकारी दिए।

उनले भने, ‘महानगर दिवसका अवसरमा मिर्गौला बचाऊ अभियान घोषणा गर्ने, काठमाडौं महानगरपालिकाले गरिरहेका पूर्वाधार विकास, सम्पदा निर्माण÷पुनर्निर्माण, सेवा प्रवाहलगायत सन्दर्भमा नागरिकको अभिमत लिने लगायतको तयारी गरेका छौं।’

कोभिड–१९ अझै नियन्त्रणमा नआएकाले यो वर्ष रााष्ट्रियसभा गृहमा सीमित व्यक्तिकाबीच कार्यक्रम आयोजना गर्ने तयारी गरेको पनि उनले जानकारी दिए।

नागरिकको अभिमतका लागि तीन दिनसम्म महानगरका कालिमाटी चोक, कलङ्की, बानेश्वर, कोटेश्वर, महाराजगञ्ज, बालाजु, वसन्तपुर, रत्नपार्क, न्यूरोड, स्वयम्भू, लैनचौर, क्षेत्रपाटी, बागबजार, पुतलीसडक, त्रिपुरेश्वर, भाटभटेनीलगायतका विभिन्न ३० स्थानमा बुथ राख्ने तयारी कामपाको छ।

त्यसैगरी इन्द्रजात्रासम्बन्धी ऐतिहासिक पुस्तक पनि विमोचन गर्ने भएको छ। उत्कृष्ट वडा कार्यालय घोषणा र सम्मान कार्यक्रम पनि गर्ने भएको छ। काठमाडौँका पहिलो जननिर्वाचित सभापति स्व जनकमान श्रेष्ठका नाममा यस वर्ष दुई जना जनप्रतिनिधि र दुई जना कर्मचारीलाई जनकमान श्रेष्ठ सुशासन पुरस्कार दिइने कार्यक्रम महानगरपालिकाको छ। यसैगरी महानगरपालिकाले परम्परागत बाजा गुरु सम्मान, सुशासन पत्रकारिता पुरस्कार जस्ता विगतका कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिने जनाएको छ।

विसं १९७६ पुष ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै २०५२ साल मङ्सिर २९ गते काठमाडौँलाई महानगर घोषणा गरिएको हो। दिवसका लागि प्रमुख शाक्यको अध्यक्षतामा उपप्रमुख हरिप्रभा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष र कार्यपालिका सदस्यसहित २६औँ महानगर दिवस मूल समारोह समिति गठन गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad