ad ad

समाज


६ हजार २८६ पीसीआर परीक्षण गर्दा १ हजार ५६ जनामा कोरोना पुष्टि, १४ सय ८३ निको भए

६ हजार २८६  पीसीआर परीक्षण गर्दा  १ हजार ५६ जनामा कोरोना पुष्टि, १४ सय ८३ निको भए

नेपालखबर
मंसिर २४, २०७७ बुधबार १०:३९,

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ हजार २८६ पीसीआर परीक्षण गर्दा जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४८३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको कहुने कूल संक्रमितको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ।

त्यस्तै पछिल्ले २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको निधन भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६५१ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .