समाज


तस्बिर र भिडियोमा नेकपा स्थायी समिति बैठक

तस्बिर र भिडियोमा नेकपा स्थायी समिति बैठक

नेपालखबर
मंसिर २१, २०७७ आइतबार ८:४२,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पाटी (नेकपा)को स्थायी समिति बैठक धुम्बाराहीमा सुरु भएको छ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकको सुरुवात गरेका हुन्।

बैठकमा अध्यक्ष ओली बाहेकका सबै नेताहरु उपस्थित भएका छन्।

स्थायी समिति बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्तिक २८ मा ल्याएको राजनीतिक प्रस्ताव र मंसिर १३ गते त्यसको जवाफमा प्रधानमन्त्री ओलीको जवाफी प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ।

दुबै प्रतिवेदनमाथि सचिवालय बैठकले निर्णय गर्न असफल भएपछि शनिबार बसेको सचिवालय बैठकले स्थायी समितिमा लगेर छलफल गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad