समाज


बिमला र ध्रुब बन्न सफल भए मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर

बिमला र ध्रुब बन्न सफल भए मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर

नेपालखबर
मंसिर २१, २०७७ आइतबार ८:३५,

युथ क्रियसन नेपालको आयोजनामा राजधानीमा सम्पन्न भएको ‘मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर २०२०’सिजन–२ को उपाधि बिमला लिम्बु र ध्रुब श्रेष्ठले जित्न सफल भएका छन्।

त्यसैगरी युवतीतर्फ रोजिना तामाङ फर्स्ट रनरअप, स्वस्तिका श्रेष्ठ सेकेन्ड रनरअप र पुरुष तर्फ अशोक मगर फर्स्ट रनरअप, साजन तामाङ सेकेन्ड रनरअप भएका छन्।

त्यस्तै बेष्ट वाल्क कमला तामाङ र अशोक मगर, भिउर्स च्वाईस स्वेता लो लामा र साजन तामाङ, बेष्ट ड्रेस स्वस्तिका श्रेष्ठ र अशोक मगर, मल्टिमिडिया च्वाईस रेजिना श्रेष्ठ र साजन तामाङ, डिसिप्लिन अनिला बास्तोला, बेष्ट फोटोजेनिक रुपा आचार्य र रोसिन जंग थापा, पंचुअल रोजिना तामाङ र साजन तामाङ, बेष्ट स्माइल अनिला तामाङ र रंजित ठाकुर, बेस्ट पर्सनालिटी रेश्मा लामा र रुपेश गुरुङ, मिस फ्रेन्ड्ली रेजिना श्रेष्ठ, पपुलर अवार्ड बिमला लिम्बु र साजन तामाङ, अर्गनाईजर च्वाइस माया पुरी र विकास लामाले पाउन सफल भएका थिए।

प्रतियोगिताका बिजेताहरुले क्राउनको साथमा अस्ट्रेलिया पढ्नको लागि छात्रवृति, फ्लाइट टिकेट, आईल्ट्स, टोफेल्सको फ्री कोर्स, विभिन्न कम्पनिको ब्राण्ड एम्बस्डर तथा म्युजिक भिडियोहरुमा अभिनय गर्न पाउने कुरा अध्यक्ष रबि लामाले जानकारी गराएका छन्।

‘मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर २०२०’सिजन–२ को निर्णायकहरु बेटर ग्यालेक्सीका सीईओ धिरज तन्डुकार, स्वस्तिका राजभण्डारी, सुष्मा अधिकारि र मोडल दिपक घिमिरे रहेका थिए। ‘मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर २०२०’सिजन–२ को प्रमुख अतिथिमा सांस्कृतिक संस्थान जमलका महाप्रबन्धक अशोक प्यासी राई थिए।

‘मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर २०२०’सिजन–२ का प्रतिष्पर्धीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापहरु चङ्गा चेट, कार्यक्रम, निशुल्क पानि तथा खाना वितरण, अनाथ बालबालिकालाई सहयोग गर्ने सामाजिक कार्यमा समेत सहभागी गराईएको थियो।

त्यसैगरि विभिन्न सेलिब्रेटीहरुको साथमा मोटिभेसन क्लास लगायत अन्य आधारभूत कुराको जानकारी गराइएको जानकारी युथ क्रियसन नेपालका अध्यक्ष रबि लामा गराए। कार्यक्रमको कोरियोग्राफी तथा संचालन अन्तर्राष्ट्रिय स्तरका कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad