ad ad

समाज


हुम्ला विमानस्थलमा आगलागी

हुम्ला विमानस्थलमा आगलागी

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार २:१७,

हुम्लाको सदरमुकाम सिमकोटस्थित विमानस्थलमा आज (बिहीबार) बिहानै आगलागी भएको छ।

हुम्ला जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीका अनुसार जिल्लास्थित नागरिक उडड्यन प्राधिकरणका प्रमुख विष्णु अधिकारीको निवास (क्वाटर) मा बिहान ५ बजे अचानक आगलगाी भएको हो।

‘बिहीबार बिहान ७:१५ बजे आगलागी नियन्त्रणमा आएको छ,’ डीएसपी सुवेदीले टेलिफोनमा नेपालखबरसँग भने, ‘के कति क्षति भयो, विवरण संकलन हुँदै छ।’

साथै आगलागीकाे कारण पनि थाहा भइनसकेकाे उनले बताए। 

उनका अनुसार आगो नियन्त्रणमा नेपाली सेना, जनपथ तथा सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .