ad ad

समाज


कोरोना भ्याक्सिन विश्वभर पठाउन तयारी थाल्दै चीन, प्राथमिकतामा गरिब राष्ट्रहरु

कोरोना भ्याक्सिन विश्वभर पठाउन तयारी थाल्दै चीन, प्राथमिकतामा गरिब राष्ट्रहरु

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ६:४२,

वाचाअनुसार चीनले भ्याक्सिन वितरणका लागि विमानस्थलमा कोरोना भ्याक्सिन राख्ने प्रबन्ध मिलाउन थालेको छ।

सीएनएनका अनुसार सेनजेन अन्तर्राष्ट्रिय विमानस्थलको ३ हजार ७६७ स्क्वायर फिटको एउटा वेरहाउसमा कोरोना भ्याक्सिनहरु राख्ने प्रबन्ध मिलाइएको छ।

त्यहाँ कोरोना भ्याक्सिनलाई चाहिने तापक्रम मिलाउने प्रविधिको जडान गरिएको छ।

अब चीनका प्रभावकारी मानिएका खोपहरुले चाँडै अनुमति पाउने र ती खोपहरु आगामी महिनादेखि विश्वभरका देशमा कार्गो जेटमा लगिने जनाइएको छ।

The climate-controlled chambers at Shenzhen's international airport will soon be filled with Chinese-made coronavirus vaccines.

हाल चीनका चार कम्पनीका पाँच कोरोना भ्याक्सिन अन्तिम चरणका परीक्षणमा छन्।

चाँडै नै त्यहाँको स्वास्थ नियामक संस्थाले अनुमति दिएपछि लाखौं डोज खोपहरु विश्वभरका देशमा वितरण गरिनेछ।

हाल चीनका खोपहरु १६ देशमा अन्तिम चरणका परीक्षणका क्रममा छन्। चिनियाँ खोप प्रभावकारी सावित भएको जानकारी दिइएको छ।

चीनले पहिल्यैदेखि आफ्नो प्राथमिकतामा गरिब र विकासोन्मुख राष्ट्रहरु भएको र सुरुवातमा त्यस्ता देशलाई कोरोनाको खोप प्रदान गर्ने बताइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .