अमेरिकाको मोडेर्नाले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ९४ प्रतिशत प्रभावकारी देखिएको कम्पनीले जनाएको छ।
तेस्रो चरणको परीक्षणको अन्तिम नतिजा सार्वजनिक गर्दै कम्पनीले खोप लगाएका कसैलाई गम्भीर कोभिड–१९ नदेखिएको बताएको हो।
सो कम्पनीले आपतकालीन प्रयोगको अनुमति लिन अमेरिका, युरोप र बेलायतका नियामक निकायमा निवेदन दिने तयारी गर्दैछ।
मोडेर्नाले अमेरिकी सरकारबाट करिब अढाई अर्ब डलर रकम प्राप्त गरेको थियो। सो कम्पनीले विश्वभर खोप बिक्रीको सम्झौता गरेको छ। यद्यपि सबैभन्दा पहिले अमेरिकाले पाउनेछ।
यही वर्षको अन्त्यसम्ममा करिब २ करोड डोज खोप तयार हुने कम्पनीले जनाएको छ।
यसअघि फाइजर नामक कम्पनीको खोप पनि ९५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ। एजेन्सी
24
Shares

प्रतिक्रिया