समाज


ट्रकले ठक्कर दिँदा प्रहरी हबल्दारको घटनास्थलमै मृत्यु

ट्रकले ठक्कर दिँदा प्रहरी हबल्दारको घटनास्थलमै मृत्यु

नेपालखबर
मंसिर १४, २०७७ आइतबार १५:५७,

पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुर नजीक ट्रकले ठक्कर दिँदा मोटरसाइकल सवार प्रहरी हबल्दार करीब ३६ वर्षीय रामबहादुर बिष्टको आज घटनास्थलमै मृत्यु भएको छ।

महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको से१क १४०६ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु१२प ५१५ नंको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हबल्दार बिष्टको मृत्यु भएको हो।

प्रहरी हबल्दार बिष्ट भीमदत्त नगरपालिकाको झोलुङ्गे अस्थायी प्रहरी चौकीमा कार्यरत रहेको बताइएको छ।

ठक्कर दिने ट्रकका चालक गोदावरी नगरपालिका–१ का २८ वर्षीय यज्ञराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। मृतक बिष्ट शुक्लाफाँटा नगरपालिका–११ का बासिन्दा रहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .