पोखरामा थप दुई कोरोना संक्रमितको निधन भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका १९ र ११ का दुई संक्रमित पुरुषको निधन भएको हो।
मंसिर ११ गते कोरोना संक्रमण पुष्ठि भए गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा १९ का ५७ वर्षीय पुरुषको शनिबार बेलुका निधन भएको हो।
त्यस्तै मंसिर ७ गते कोरोना पुष्टि भएका पोखरा ११ का आइतबार बिहान ५.४५ बजे निधन भएको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिए।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४५ पुगेको छ।

प्रतिक्रिया