समाज


मोगादिशुको विमानस्थलमा आक्रमण, ६ जनाको मृत्यु

मोगादिशुको विमानस्थलमा आक्रमण, ६ जनाको मृत्यु

नेपालखबर
मंसिर १३, २०७७ शनिबार ७:१७,

सो हमलामा परेर कम्तीमा पनि ६ जनाको ज्यान गएको छ। आत्मघाती हमलाकारीले गरेको हमलामा परी ती नागरिकको ज्यान गएको हो।

विमानस्थलको सुरक्षापोष्टमा नभएर आक्रमण यहाँको एक लोकप्रिय आइसक्रिम पसलनजिकै भएको बताइएको छ।

सो आक्रमणमा परी अरु पनि केही नागरिक घाइते भएका छन्। सो आक्रमण यहाँका केही उच्च सुरक्षा अधिकारीलाई लक्ष्य गरेर गराइएको प्रहरीले जनाएको छ।

सो आत्मघाती आक्रमण कसले र किन गराएको भन्ने बारेमा केही खुलेको छैन। अधिकारीहरुले यस अक्रमणको पछाडिको कारणको बारेमा खोजी गरिरहेको बताएका छन्।

सोमालिया सन् १९९० को दशकदेखि हिंसाको शिकार भएको छ। त्यहाँ हरेक महिनाजसो हिंसा भएर कैयौँ नागरिकको ज्यान जाने गरेको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad