जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ।
प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको टोलीले शुक्रबार बेलुका सान्नीत्रिवेणी गाउँपालिका–४ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ तातोपानी सुर्खेतमा बस्दै आएका २८ वर्षीय बिलबहादुर धामीलाई पक्राउ गरेको हो।
धामीलाई १२ हजार नगदसहित पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए। ‘समुदायमा म प्रहरी हुँ भन्दै ठगी गरेको विशेष सूचनाको आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ’, शाहीले भने, ‘पक्राउ परेका धामीलाई सोधपुछ गर्दा उनले आफू वनरक्षक हुँ भन्ने बयान दिएका छन्।’
शाहीको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। रासस
प्रतिक्रिया