पूर्वयुवराज पारस शाह बिरामी भएका छन्।
चितवन प्रहरीका अनुसार मंगलबार राति नारायणगढस्थित एक होटलमा बसेका शाहले बुधबार मध्याह्नतिर अस्वस्थ भएको महसुस गरेका हुन्।
‘उपचारका लागि पुरानो मेडिकल कलेज जाने कुरा थियो, जानु भयो कि भएन, पछिल्लो जानकारी आएको छैन,’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बिहीबार बिहान नेपालखबरसँग भने, ‘म यता दुर्घटना (त्रिशूलीमा खसेको जिपबाट चालक र महिलाको शव निकालियो, बालिकाको खोजी जारी) तिर आएको छु।’
यसअघि बुधबार दिउँसो चिकित्सकको टोली पूर्वयुवराज शाह बसेको होटलमै गएका थिए। यसपछि उनलाई अस्पताल भर्ना गरियो कि गरिएन भन्ने जानकारी आफूले पाइनसकेको एसपी गुरुङको भनाइ छ।

प्रतिक्रिया