समाज


हाइड्रो इन्जिनियरकी छोरीमाथि कलंकीमा कसले हान्यो गोली?

हाइड्रो इन्जिनियरकी छोरीमाथि कलंकीमा कसले हान्यो गोली?

नेपालखबर
साउन १४, २०७६ मंगलबार ५:५८,

उपत्यकाको कलंकीमा गएराति एक हाइड्रो कन्सल्ट्यान्ट इन्जिनियरको घरमा गोली प्रहार भएको छ।

महानगरीय प्रहरी वृत्त कालीमाटीका अनुसार गएराति विष्णुप्रसाद शर्माको तीनतले घरको दोस्रो तलामा गोली प्रहार भएको हो। उक्त कोठामा शर्माकी छोरी रहेकी थिइन्। गोलीले झ्यालको जाली र पर्दा छेडे पनि कुनै दुर्घटना भने हुन नपाएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार इन्सास राइफलको जस्तो देखिने गोली १ राउन्ड छिरेको थियो। हाल प्रहरी वृत्त कालीमाटीबाट प्रहरी निरीक्षकको कमान्डमा अपराध महाशाखाबाट प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ।

शर्माको घर कलंकीमाई मन्दिरस्थित पूर्वपट्टि सामाजिक मार्गमा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .