ad ad

समाज


प्रहरीको गोली लागेर घाइते एक जनालाई हेलिकोप्टरबाट काठमाडौं लगियो, राजमार्ग खुलाउने प्रयास जारी

प्रहरीको गोली लागेर घाइते एक जनालाई हेलिकोप्टरबाट काठमाडौं लगियो, राजमार्ग खुलाउने प्रयास जारी

शैलेन्द्र महतो
मंसिर ९, २०७७ मंगलबार १०:१५,

महोत्तरीको बर्दिबासमा प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते एक जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ।

प्रहरीकै गोली लागेर घाइते भएका अन्य दुई जनाको बर्दिबासकै शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको छ।

बर्दिबासमा बलात्कारपश्चात हत्या गरिएकी ६ वर्षीया बालिका गुलाब साह खातुनको शव मंगलबार दिउँसो पूर्व पश्चिम राजमार्गमा राखेर प्रदर्शन गरिरहेको बेला प्रहरीले चलाएको गोली लागेर तीन जना घाइते भएका थिए।

No description available.

 घाइते हुनेमा बर्दिबासका ३५ वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपाने, अफताब आलम र श्याम कार्की रहेका छन्। बुद्धिराजको तिघ्रामा गोली लागेको र उनको अवस्था गम्भीर रहेका कारण थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए।

श्याम कार्की र अफताब आलमलाई गोलीको छर्रा लागेको र उनीहरुको अवस्था सामान्य रहेकाले बर्दिबासमै उपचार भइरहेको उपरीक्षक केसीले जानकारी दिए। उनका अनुसार कार्कीलाई गोलीको छर्रा लागेको छ भने अफताबलाई चोट लागेको छ।

आइतबार बेलुकादेखि बेपत्ता भएकी बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी छोरी गुलाब साह खातुनको शव हत्या भएको अवस्थामा सोमबार राति बोरामा फेला परेपछि मंगलबार बिहानैदेखि बर्दिबासमा प्रदर्शन भइरहेको छ।

No description available.

स्थानीय २५ वर्षीय अरुण कुमार साहले बलात्कार गरी हत्या गरेर शव बोरामा राखेर फालेको स्वीकार गरेको प्रहरीले जनाएको छ। बिहानैदेखि आक्रोशित स्थानीयले पक्राउ परेका साहको घरमा आगो लगाएका छन्। स्थानीयले बिहानैदेखि पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन समेत गरिरहेका छन्।

दिउँसो बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो । सो क्रममा प्रहरीले चलाएको गोलि लागेर तीन जना घाइते भएका हुन् । प्रहरीले बालिकाको शव नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएको एसपी केसीले बताए। 

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको उनको भनाइ छ।

यो पनि:
- बालिका बलात्कार र हत्याविरुद्ध प्रदर्शनमा प्रहरीको गोली लागेर तीन जना गम्भीर घाइते

स्थानीयले बलात्कार आरोपीको घरमा लगाएको आगो प्रहरीलाई समेत निभाउन दिएनन्, स्थिति तनावग्रस्त (फोटो/भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .