रूपन्देहीको सैनामैना सवडिभिजन वन कार्यालय मुर्गीयामा वनरक्षक पदमा कार्यरत प्रेमचन्द्र विश्वकर्मा विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वनरक्षक विश्वकर्मालाई १२ हजार रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको थियो।
विश्वकर्माले पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अख्तियारले जनाएको छ।
विशेष सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले सो रकमसहित नियन्त्रणमा लिएको थियो।
21
Shares
प्रतिक्रिया