ad ad

समाज


बलात्कारपछि बालिका हत्याको आरोप लागेका युवकको घरमा स्थानीयले लगाए आगो (भिडियाे)

बलात्कारपछि बालिका हत्याको आरोप लागेका युवकको घरमा स्थानीयले लगाए आगो (भिडियाे)

शैलेन्द्र महतो
मंसिर ९, २०७७ मंगलबार ४:१९,

महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका युवकको घरमा स्थानीयले आगो लगाएका छन्।

बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार राति शव फेला परेको थियो। बालिका हत्या आरोपमा पक्राउ परेका स्थानीय २५ वर्षीय अरुण कुमार साहको घरमा मंगलबार बिहान स्थानीयले आगो लगाएका हुन्।

बालिकाको हत्यापछि बोरामा राखेर शव फालिएको घटना सार्वजनिक भएपछि स्थानीय आक्रोसित भएका छन्। उनीहरुले आरोपित युवकको घरमा ढुंगामुढा गर्नुको साथै किराना पसल भएको घरमा आगो लगाएका हुन्। अहिले पनि स्थानीयले ढुंगामुढा गर्दै बर्दिबासमा प्रदर्शन गरिरहेका छन्। स्थिति नियन्त्रमा लिन प्रहरीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरेको छ।

आइतबार साँझदेखि हराइरहेकी बालिका गुलाबलाई साहले बलात्कार पश्चात हत्या गरी बोरामा राखेर फालेको स्थानीय र प्रहरीको अनुमान छ। पक्राउ परेका साहले समेत आफुले बालिकाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

बालिकाको शव फेला परेपछि मंगलबार बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर बर्दिबासमा स्थानीयल प्रदर्शन गरिरहेका छन्। बालिका हत्याको शोकमा बर्दिबासका केही विद्यालयले मंगलबार पठनपाठन रोकेका छन्। बालिका अध्ययन गर्ने नोबेल एकेडेमी बर्दिबास पनि आज बन्द भएको छ।

भिडियाे:

बलात्कारपछि बालिका हत्याको आरोप लागेका युवकको घरमा स्थानीयले लगाए आगो

बलात्कारपछि बालिका हत्याको आरोप लागेका युवकको घरमा स्थानीयले लगाए आगो -https://nepalkhabar.com/society/42986-2020-11-24-04-19-53

Posted by Nepalkhabar on Monday, November 23, 2020

यो पनि बर्दिबासमा ६ वर्षीया बालिकाको शव बोरामा भेटियो, बलात्कारपछि हत्या भएको भन्दै स्थानीयद्वारा प्रदर्शन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .