समाज


उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट

उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट

नेपालखबर
मंसिर ७, २०७७ आइतबार ६:८,

उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फाेट भएको छ।

शनिबार राति करिब १ बजे गाउँपालिकाको कार्यालयमा सुतली बम बिस्फोट भएको उदयपुरका प्रहरी प्रमुख एसपी भीमप्रसाद दाहालले बताए।

एसपी दाहालका अनुसार बम बिस्फोटबाट कार्यालयमा क्षति पुगेको छ। कार्यालयका झ्यालढोकाका सिसा फुटेका छन् भने भवन चर्किएको छ।

यस्तै कार्यालयको गेटमा समेत एउटा बम फेला परेको र उक्त बम डिस्पोज गर्नका लागि नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको एसपी दाहालले बताए। घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट डीएसपीको कमान्डमा प्रहरी टोली पुगिसकेको छ।

अहिलेसम्म बम कसले बिस्फोट गरायो भन्ने खुलिसकेको छैन। घटनास्थलमा कुनै पर्चा, पम्प्लेट नभेटिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad