देशभर दिनप्रतिदिन तीव्र गतिमा चिसो बढ्दै छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आफ्नो मापनकेन्द्र रहेका तीन स्थानमा तापक्रम शून्यभन्दा तल झरेको छ।
महाशाखाको रेकर्डअनुसार शुक्रबार सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ३.५ डिग्री सेल्सियस छ। यस्तै मुस्ताङको जोमसोम र दोलखाको जिरीमा पनि न्यूनतम तापक्रम माइनस ०.५ डिग्री सेल्सियसमा झरेको छ।
यसैगरी काठमाडौं उपत्यकाको तापक्रम पनि बिहीबारको तुलनामा शुक्रबार घटेको छ। शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियसमा झरेको हो। यसअघि दुई/तीन दिनदेखि उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री थियो।
आजको अपडेट तापक्रम आउन बाँकी छ।
महाशाखाले आज (शनिबार) बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
लेखिएको छ : देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।
महाशाखाका अनुसार आगामी ३ दिन माैसम यस्ताे रहने अनुमान
मंसिर ०६ गते (शनिबार)
दिउँसो : प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती : प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
मंसिर ७ गते (आइतबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।
मंसिर ८ गते (सोमबार)
दिउँसो : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
राती : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया