भारतको पुणेमा मानिसको सानो समूहमा कोरोना भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता (हर्ड इम्युनिटी) रहेको संकेत मिलेको छ।
इन्डियन एक्सप्रेसमा छापिएको खबरअनुसार भारतले आफ्नै तरिकाले गरेको यस अध्ययनमा पुणेका कोरोना संक्रमितमध्ये ८५ प्रतिशत मानिसमा एन्टिबडी रहेको पत्ता लागेको हो। यसको अर्थ उनीहरूको शरीरमा भाइरससँग लड्ने क्षमता विकास हुनु हाे।
गत जुलाई र अगस्टमा गरिएको सर्भेले जनसंख्यामध्ये ५१ प्रतिशत मानिसमा कोरोना संक्रमण भएको पाइएको थियो। सेरो सर्भेबाट समुदायमा संक्रमण कसरी फैलिरहेको छ भन्ने पत्ता लाग्छ। यस्तो सर्भे भारतका धेरै सहरमा गरिएको छ।
तर यो नै पहिलो त्यस्ताे नतिजा हो, जसले मानिसमा कोारेनाविरुद्ध लड्न सक्ने एन्टिबडी रहेको पत्ता लगाएको छ।
याे सुखद संकेत भए पनि समुदायमै काेराेनाविरुद्ध लड्ने शक्ति बढ्दै छ भनेर ढुक्क भइहाल्न भने नमिल्ने अनुसन्धानकर्ताले बताएका छन्। यसकाे थप अध्ययन जरुरी रहेकाे अनुसन्धानकर्ताकाे भनाइ छ।

प्रतिक्रिया