नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा रहेको ‘तिमी आयौ’ गीतको भिडियो सार्वजनिक भएको छ।
गीतमा सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत एवम् विसन मान्धरको एरेन्ज गीतमा छ।
गीतमा प्रेमिल शब्दहरुलाई निकै मार्मिक एवं भावनात्मक रुपमा सन्तोषले कुशल रुपमा समेटेका छन्। जीवनमा आइपर्ने खुसीपछिको रोदनलाई गीतमा समेटन खोजिएको छ ।
गीतको भिडियोमा सन्तोष कटुवाल र अनुषा राईको अभिनय निकै लोभलाग्दो रहेको छ।
म्युजिक भिडियोमा दीपक गिरीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा जस बहादुर याक्खा जसुको निर्देशन रहेको छ।
हेरौँ भिडियो

प्रतिक्रिया