एक अध्ययनले मुख कुल्ला गर्ने ‘माउथवास’ले कोरोना भाइरसलाई ३० सेकेन्डमै मार्ने देखाएको छ।
बेलायतको कार्डिफ विश्वविद्यालयका वैज्ञानिकले माउथवासले कोरोना भाइरस नष्ट गर्न सहयोग पुर्याउने संकेत पाइएको बताएका हुन्।
युनिभर्सिटी हस्पिटल अफ वेल्समा कोरोना संक्रमितमा माउथवास प्रयोग गरी हेर्दा कोरोना नष्ट पारेको पाइएको वैज्ञानिकको दाबी छ।
यस अध्ययन टोलीका प्रमुख लेखक डा. रिचर्ड स्टनटोन भन्छन्, ‘दाँतमा कीरा नलागोस् भनेर बनाइएका माउथवासले कोरोना भाइरसलाई नष्ट गर्न सक्ने देखियो।’
तर माउथवास श्वास नली र फोक्सोसम्म नपुग्ने चिज भएकाले यसलाई उपचारमै प्रयोग गर्न सकिने नससकिने अहिले भन्न नसकिने वैज्ञानिकको भनाइ छ।
प्रयोगशालामा गरिएको अध्ययनले कम्तीमा ०.०७ प्रतिशत साइटोपिरिडिनियम क्लोराइड सिपिसी भएका माउथवासले मुखका र्यालमा हुने काेराेना नष्ट गर्ने देखाएको हो।
तर यसबारे अन्य वैज्ञानिकले थप परीक्षण गरी पुष्टि गर्न बाँकी छ।
कार्डिफ विश्वविद्यालयका प्राध्यापक डेभिड थोमसले प्रयोगशालामा माउथवासले प्रभावकारी काम गरेको भए पनि बिरामीमा गर्छ कि गर्दैन भन्ने हेर्न अस्पतालको परीक्षण आवश्यक हुने बताएका छन्। बीबीसी

प्रतिक्रिया