समाज


खुलामञ्चको निःशुल्क भोजन वितरण अब थापाथलीको प्रसूति अस्पताल नजिकै

खुलामञ्चको निःशुल्क भोजन वितरण अब थापाथलीको प्रसूति अस्पताल नजिकै

नेपालखबर
मंसिर ३, २०७७ बुधबार ६:१,

काठमाडौं महानगरपालिका र खुलामञ्चमा निःशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमतिअनुसार आजबाट उनीहरुलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीनजिकै भोजन गराउने कार्य सुरु भएको छ।

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाका अनुसार पहिलेजसरी नै खुलामञ्चमा निःशुल्क भोजनका लागि आएका असहाय, अशक्तलाई उनीहरुलाई भोजन गराउने संघ–संस्थाकै अनुमतिमा महानगरपालिकाको पहलमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल नजिक लगेर खानाको व्यवस्था गरेको जानकारी दिए।

‘काठमाडोँ महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारिरिक रुपमा काम गर्न नसक्ने महानगरवासीको व्यवस्थापनमा काठमाडौँ महानगरपालिका निरन्तर लागिरहेको छ,’ सापकोटाले भने, ‘ स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा बन्द गरी वैकल्पिक स्थानमा भोजना गराउने नीति महानगरपालिकाले लिएको छ । हामी त्यसै अनुरुप यो पहल गरिरहेका छौँ।’

No description available.

सापटकोटाले अहिले पनि खुलामञ्चमा निःशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचका निरन्तर छलफल भइरहेको भन्दै पार्टी प्यालेसजस्ता बन्द ठाउँमा व्यवस्थित ढंगले भोजन गराउने पहल भइरहेको जानकारी दिए।

‘हामी अहिले पनि निशुल्क भोजन गराउँदै आएका संस्थाहरुसँगकै पहलमा उपयुक्त ठाउँ खोजिरहेका छौँ,’ उनले भने, ‘केही दिन भित्रै हामी व्यवस्थापन गर्ने गरी लागेका छौँ।’ उनले निःशुल्क भोजनको गराउने स्थानमा शौचालय, पानीसहित स्वास्थ्य मापदण्डको समेत पालना गर्ने गरी थप पहल भैरहेको भन्दै अस्थायी रुपमा उक्त स्थानमा व्यवस्था गरेको पनि जानकारी दिए।

काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारिरिक रुपमा काम गर्न नसक्ने महानगरवासीलाई काठमाडौ महानगरपालिकाको सहकार्यमा संचालित मानव सेवा आश्रममा खान, वस्न तथा स्वास्थ्य उपचारको सुविधा उपलब्ध गराएको भन्दै त्यस्ता नागरिकलाई नजिकका वडा कार्यालय वा सिधै मानव सेवा आश्रममा सम्पर्क गर्न अपिल समेत गर्दै आएको छ।

No description available.

दुई दिनअघि मात्रै खुलामञ्चनजिकै, भद्रकाली र लाजिम्पाट आसपासबाट काठमाडौं महानगरपालिको सहकार्यमा मानवसेवा आश्रमले पाँच जनाको उद्दार गरेको जानकारी पनि सापकोटाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .