ad ad

समाज


यस वर्ष काठमाडौं उपत्यकामा देउसी-भैलो खेल्न नपाइने

यस वर्ष काठमाडौं उपत्यकामा देउसी-भैलो खेल्न नपाइने

नेपालखबर
कात्तिक २९, २०७७ शनिबार ३:३६,

यस वर्षको तिहारमा काठमाडौं उपत्यकामा देउसी–भैलो खेल्न र सांस्कृतिक कार्यक्रम आयोजना गर्न नपाइने भएको छ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै यस्तो निर्णय गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले कोरोना संक्रमणको जोखिम नियन्त्रणको लागि भन्दै तिहार, नेपाल संवत्, छठ, लगायतका चाडपर्व मनाउने क्रममा कुनै पनि सांस्कृतिक कार्यक्रम आयोजना नगर्न आग्रह गरेका छन्।

‘चाडपर्व मनाउँदा अनावश्यक रूपमा जमघट नहुन, देउसी–भैलो लगायत समूहमा गरिने मनोरञ्जनात्मक क्रियाकलापका साथै समुदायमा अशान्ति फैलाउने किसिमका आतिसबाजी र पटका पड्काउने कार्य नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ,’ तीनवटै प्रशासन कार्यालयको आदेशमा भनिएको छ, ‘कानुनले वर्जित गरेका तथा नगर्न, नगराउन भनी निर्देशन दिएका क्रियाकलापहरू भए गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ।’

प्रशासनका आदेशविपरीत कार्यक्रम सञ्चालन गरिए स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोक ऐन २०२० अन्तर्गत कारबाही गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले जानकारी दिए ।

कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्न भन्दै देशका अन्य जिल्ला प्रशासन कार्यालयले पनि तिहारमा देउसी भैलो नखेल्न र सामूहिक जमघटका कार्यक्रम नगर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .