समाज


४० करोड लागतमा लमहीमा ट्रमा सेन्टर बन्दै

४० करोड लागतमा लमहीमा ट्रमा सेन्टर बन्दै

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार ५:४८,

लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकाको लमहीमा सुविधासम्पन्न ट्रमा सेन्टर बनाउन लागिएको छ।

‘ट्रमा’ बिरामीको उपचार हुने सुविधासम्पन्न अस्पताल नहुँदा भएको अप्ठेरो अन्त्य गर्न लमही नगरपालिका–१ मा ट्रमा सेन्टर बनाउने विषय टुंगोमा पुगेको छ।

दुई वर्षदेखि लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकतामा परेको ट्रमा सेन्टर बनाउने योजनाले मूर्तरुप लिएको छ।

रु ४० करोडको लागतमा सो सेन्टर बनाउन शहरी विकास तथा भवन कार्यालय दाङले बोलपत्र आह्वान गरेको छ। चार तल्लाको भवनमा आकष्मिक कक्ष, शल्यक्रिया कक्ष, बिरामी भर्ना गरिने कक्ष हुनेछन्।

६ महिनाभित्र पूर्वाधार खडा गर्ने र जतिसक्यो छिटो काम अगाडि बढ्नेछ।

 ‘देउखुरीबासीले स्वास्थ्य क्षेत्रमा भोग्दै आएको अप्ठेरोको अन्त्य गर्न, विभिन्न दुर्घटनामा परेर मृत्युको मुखमा पुगेकालाई नयाँ जीवन दिन ट्रमा सेन्टरको आवश्यकता परेको हो’, प्रदेशसभा सदस्य रेवतीरमण शर्माले भने, “पूर्वपश्चिम राजमार्ग धेरै दुर्घटना हुने सडकभित्र पर्छ। प्रदेशको स्थायी राजधानीको टुङ्गो लागेसंँगै यसको महत्व झन् बढेर गएकाले देउखुरीमा राख्ने सहमति भएको हो। यसले सिंगो प्रदेशका नागरिकलाई नयाँ जीवन दिनका लागि भूमिका खेल्ने छ।’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना र सामाजिक विकासमन्त्री एवं शहरी विकास तथा भवन कार्यालय दाङका प्रमुखलगायत यसमा भूमिका रहेको जनाइएको छ।

कस्ता बिरामीको उपचार हुन्छ?
ट्रमा सेन्टर चोटपटकबाट मृत्युको मुखमा पुगेका घाइतेलाई नयाँ जीवन दिने ठाउँ हो। सामान्यतया सवारी दुर्घटना, रुखबाट खसेर चोटपटक लाग्दा, माटाको ढिस्कामा पुरिएर घाइते भएका र आकस्मिक रुपमा हुने दुर्घटनाका बिरामीको उपचारका लागि ट्रमा सेन्टर आवश्यक पर्छ।

राजमार्गमा हुने सवारी दुर्घटनामा परेर घाइते भएकाहरुले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता अब हट्ने बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad