समाज


चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार १०:२१,

पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ तरकारी चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा डोल्पा घर भई खैरहनी नगरपालिका– ६ बस्ने २४ वर्षीय अर्जुन गुरुङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार लोथरबाट नारायणगढतर्फ आउँदै गरेको ना३ख ५५४ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना५३प ९७५३ नंको मोटरसाइकलाई बुधबार बिहान ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालक गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै सवारी र ट्रकको चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad