समाज


वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगेर भागेका व्यक्ति जेल चलान

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगेर भागेका व्यक्ति जेल चलान

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार ९:४१,

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेर फरार भएका व्यक्ति पक्राउ परेका छन्।

झापाको कन्काई नगरपालिका ३ घर भई काठमाडौं बस्दै आएका ३६ वर्षीय सौरभ उप्रेतीलाई सोमबार पक्राउ गरी बुधबार जेल चालन गरिएको हो।

वैदेशिक रोजगार न्यायाधीकरणले २०७४ असार ६ गते उनलाई डेढ वर्ष कैद र डेढ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो। सोही फैसला कार्यन्वयनका लागि बुधबार जिल्ला अदालत झापामा प्रहरीले उनलाई उपस्थित गराएको थियो।

अदालतको आदेशमा उनलाई कारागार कार्यालय चन्द्रगढी पठाइएको झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए।

उप्रेतीलाई प्रहरीले सोमबार झापास्थित आफ्नै घरबाट पक्राउ गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad