समाज

बढ्दै चिसो, काठमाडौंको तापक्रम ८.४ डिग्री, अझै घट्ने सम्भावना

बढ्दै चिसो, काठमाडौंको तापक्रम ८.४ डिग्री, अझै घट्ने सम्भावना

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार १:१९,

देशभर चिसो बढ्ने क्रम जारी छ।

मौमसविद्का अनुसार जुम्लामा तापक्रम माइनसमा झरेको केही दिन भइसकेको छ। मंगलबार जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव १ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाको तथ्यांकमा उल्लेख छ।

यस्तै काठमाडौं उपत्यकामा पनि दिनप्रतिदिन तापक्रम घटिरहेको छ। मौसमविद् वरुण पौडेलका अनुसार आज बिहान साढे ६ बजे काठमाडौं उपत्यकाको तापक्रम ८.४ डिग्री सेल्सियस देखिएको छ।

‘यसलाई करेन्ट टेम्परेचर (वर्तमान तापक्रम) भनिन्छ,’ मौसमविद पौडेलले बुधबार बिहान नेपालखबरसँग भने, ‘अहिले पौने ९ बजे न्यूनतम तापक्रम मापन गरिन्छ, त्यस बेलासम्म यो अझ घट्ने अनुमान छ।’

हेर्नुहाेस्, माैसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिन-

मौसम विश्लेषण

उल्लेखनीय मौसमी प्रणाली छैन।

हालको मौसमको अवस्था 

हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ।

आगामी ३ दिनको मौसम पूर्वानुमान-

कार्तिक२६गते (बुधबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कार्तिक२७गते (बिहीबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कार्तिक२८गते (शुक्रबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad