चन्द्रागिरी नगरपालिका ५ थानकोटमा मंगलबार बिहान सवारी साधनको ठक्करबाट बाजुरा घर भएका एक युवाको मृत्यु भएको छ।
बिहान साढे चार बजे नम्बर नखुलेको बसले ठक्कर दिँदा तरकारी बेच्न हिँडेका ४० वर्षका नविन लोहारको मृत्यु भएको थानकोट प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका लोहारको ओम समाज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
ठक्कर दिने बसको खोजी सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
3
Shares
प्रतिक्रिया