काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५३३ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन्।
आइतबार स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार ५३३ जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार काठमाडौँमा १ हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जनामा संक्रमण देखिएको हो।
प्रवक्ता गोतमका अनुसार आज देशभरमा १ हजार ८१७ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया