समाज


दमनराज तुलाधरको दुर्लभ आत्मकथा बजारमा

दमनराज तुलाधरको दुर्लभ आत्मकथा बजारमा

नेपालखबर
कात्तिक २३, २०७७ आइतबार १०:५१,

जहानियाँ राणा शासनविरुद्धको संघर्षका योद्धा, प्रजातन्त्र अभ्यासका सक्रिय साक्षी र पञ्चायतको पहिलो दशकमा राजा महेन्द्रका विश्वासिला सहयोगी दमनराज तुलाधरको आत्मकथा ‘दमनराज तुलाधर’ सार्वजनिक भएको छ।

‘नेपाली माटो चिनेको नमुना आत्मकथा’को उपमा पाएको यो आत्मवृत्तान्त इमानदार बयानको अनुपम उदाहरणको रुपमा लिइन्छ। २०३९ सालमा प्रकाशित यो पुस्तक इमानदार अभिव्यक्तिकै कारण प्रतिबन्ध लगाइएपछि दुर्लभ हुनपुगेको थियो।

‘सचेत नेपाली पाठक यत्तिको महङ्खवपूर्ण ऐतिहासिक दस्तावेजबाट वञ्चित हुनु नपरोस् भनी बुक हिल पब्लिकेसनले क्लासिक सिरिज अन्तर्गत यसको दोस्रो संस्करण प्रकाशन गरेको हो’, प्रकाशक भूपेन्द्र खड्काले भने, ‘तुलाधरकी सुपुत्री प्रतिमा तुलाधरको भूमिका यो संस्करणको अर्को उल्लेखनीय विशेषता हो।’

१९९७ सालको प्रजापरिषद् काण्डदेखि २००७ सालसम्म नेपाली माटोमा भएको प्रजातान्त्रिक संघर्ष, प्रजातन्त्र स्थापनापछि नेपाली राज्यको सत्ता–अभ्यास र पञ्चायतकालमा नेपाली परराष्ट्र नीति निर्माण एवं कार्यान्वयनका भित्री कथा यस पुस्तकमा रहेका छन्।

‘एउटा दृढ–संकल्पित राजनीतिक कार्यकर्ता, निजामती प्रशासक, कुशल लेखक–अनुवादक तथा असल पति र पिताको इमानदार आत्मकथा पढ्दा जो कोहीलाई शिक्षा, प्रेरणा र मार्गदर्शन मिल्न सक्छ’– प्रतिमा तुलाधरले भूमिकामा उल्लेख गरेकी छन्।

पुस्तकका लेखक दमनराज तुलाधर राणा शासनविरोधी आन्दोलनका योद्धा, प्रजातन्त्र स्थापनापछिका कुशल प्रशासक, र जीवनको उत्तराद्र्धमा राजा महेन्द्रका सहयोगी, सल्लाहकार, विश्वसनीय पात्र एवं राजाका मन्तव्यका मस्यौदाकार र अंग्रेजी अनुवादक पनि हुन्।

कूल ३०० पृष्ठको पुस्तकको पेपरब्याक संस्करणको मूल्य ५५५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad